कालापानी विवादपछि ओली र मोदीबीच पहिलोपटक फोनवार्ता, के भयो कुराकानी ?


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । भारतको ७४औँ स्वतन्त्रता दिवसका दिन शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो ।

लिपुलेक, कालापानी विवादपछि प्रधानमनत्री तहमा भएको यो पहिलोपटक फोन वार्ता हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताउँदै वार्ताका बारेमा अन्य कुराहरु परराष्ट्र मन्त्रालयले जानकारी दिने बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ, यसबारे थप जानकारी परराष्ट्र मन्त्रालयले दिनेछ ।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि आजै प्रधानमन्त्री ओलील भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतालाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement