काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सकिएको छ ।
आइतबार पार्टी कायालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, पत्र जुहारी वितरण गरिएको थियो । उक्त अध्ययन, प्रतिवेदन अध्ययन गर्नको लागि ७ दिनको समय दिइएको छ ।
आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका थिएनन् । प्रधानमन्त्री ओलीले आफु बैठकमा उपस्थित नभएपनि आफ्ना तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेलाई पत्र पठाएका थिए ।
पोखरेलले वाचन गरेको पत्रमा प्रधानमन्त्रीेले लेखेका थिए, ‘आरोप–पत्र’बारे हुने कुनैपनि छलफलमा सहभागी हुन असमर्थ छु ।’ उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन् ।
नेकपाको स्थायी कमिटिको अर्को बैठक २८ गते बस्ने भएको छ । मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया