एमाले कार्यदल बैठक : ओली पक्षका नेताहरु सिंहदरबारमा, माधव पक्षका कोटेश्वर पुगे

एमाले कार्यदल बैठक : ओली पक्षका नेताहरु सिंहदरबारमा, माधव पक्षका कोटेश्वर पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले कार्यदलको बैठक बस्न केही समय ढिलाई हुने भएको छ । बैठकका लागि सिंहदरबार आइसकेका नेता माधव नेपाल पक्षका नेताहरू नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री एवम अध्यक्ष केपी ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो । तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु सिंदरबारबाट निस्केर कोटेश्वर गएका हुन् ।