ओली र नेपाल पक्षका नेताको बैठक कोटेश्वरमा सुरु

ओली र नेपाल पक्षका नेताको बैठक कोटेश्वरमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच छलफल कोटेश्वरमा सुरु भएको छ ।

अध्यादेश प्रकरणपछि चुलिएको असन्तुष्टि, अन्तरविरोध व्यवस्थापन गर्न दुबै समूह कार्यदल नै बनाएर छलफलमा जुटेका हुन् ।

ओली पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी छन् ।

आज प्रधानमन्त्री ओली र नेता नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटका क्रममा दुवै नेताले मिलेर जाने सहमति गरेका थिए । सोही अनुसार कार्यदल बनाएर छलफललाई तिव्रता दिइएको स्रोतले बतायो । २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउनुपर्ने लिखित माग पेश गरेका छन् ।