ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच छलफल भइरहेको छ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।