सचिवालय वैठकअघी ओली–प्रचण्डवीच चार घण्टा एकान्त वार्ता

सचिवालय वैठकअघी ओली–प्रचण्डवीच चार घण्टा एकान्त वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको वैठक सोमबार दिउंसो १ बजेदेखि सुरु हुने भनेपनि साढे २ बजेपछि मात्र सुरु भएको छ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको एक्लाएक्लै वार्ताका कारण बैठक बस्न ढिलाई भएको हो। सरकारको कामकार्वाही, सरकारको आलोचना गर्नेमाथि सत्तामा रहेका शीर्ष नेताद्वारा दुश्प्रचार आदिका विषयमा हिजो केन्द्रीय सचिवलाय वैठकमा चर्काे आलोचना भएको थियो।

सोही कारण नेताहरुबीचको सम्बन्ध असहज हुनसक्ने देखिएपछि विहान साढे ११ बजे अध्यक्षद्वय ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसेका थिए। करिव १ घण्टा एक्लाएक्लै वार्ता गर्ने र निर्धा्रित समयमै वैठक सुरु गर्ने भनिएपनि नेताद्वयको बैठक ४ घण्टा भन्दा लामो भएपछि वैठक बस्न ढिलाई भएको हो।