बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता,मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता,मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।