प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भनाभन

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भनाभन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वैठक विना निष्कर्श टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा दुवै नेताबीच भनाभन समेत भएको थियो ।

भेटमा पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पार्टी फुटाउन लागेको आरोप लगाएका थिए । उनले पार्टीभित्रको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुछिएकोमा समेत असन्तुष्टि जनाएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले खुमलटारमा ६ जना नेताहरु बसेर आफुलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारीमा लागेको सुचना आफुसंग भएको दावी गरेका थिए । दाहालले प्रधानमन्त्री ओलीको भनाईको तुरुन्तै खण्डन गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीलाई अध्यादेश ल्याउने तयारी गरेकै कारण आफुहरुको बैठक बसेको बताएपनि प्रधानमन्त्रीले त्यसबारेमा आफु जानकार रहेको भन्दै प्रतिवाद गरेका थिए ।

उनिहरुबीच वैठककै सुरुमै भनाभन भएपछि कुनै सहमती हुन् सकेन् । भेटवार्तामा प्रधानमन्त्री ओलीको तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सहभागी थिए भने प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा प्रभाकर थिए ।

वैठकमा सहभागी एक नेताकाअनुसार प्रधानमन्त्री ओलीले आइतबार प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई भेटेकोमा समेत व्यंग्य गरेका थिए । उनले राष्ट्रपति कहां गएर डेलिगेसन गएर आएको भन्दै कटाक्ष गरेपछि तपाईले गरेको नचाहिंदो कुरालाई प्रष्ट पार्न गएको जवाफ दाहालले दिएका थिए । उनले आफुले राष्ट्रपतिलाई भेट्दा विरोध गर्नुहुन्छ तर आफै भेटेर आउनुभयो भन्दै कटाक्ष गरेपछि प्रचण्डले डेलिकेशन जान आवश्यक नभएको बताएको स्रोतको दावी छ ।

नेकपाका अध्यक्ष प्रचण्डले आइतबार नै खुमलटारमा भएको निकटस्थहरुसंगको भेटमा प्रधानमन्त्री ओली पार्टी एकताप्रति गम्भिर नभएको जानकारी गराएका छन् । उनले ओलीसंग सहमतीको सम्भावना निकै कम भएको निकट नेताहरुसंग भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र विवाद बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंगको छलफललाई तिव्र पारेका छन् । उनले आफु निकट नेता सुवास नेम्वाङलाई कांग्रेस सभापति शेरबहादुर देउवासंग भेट्न आइतबार उनको निजी निवास बुढानिलकण्ठ पठाएका थिए ।

दुवै नेताबीच सोमबार पुनः वस्ने सहमती भएको छ । सोमबार नै नेकपाको स्थायी समिति वैठक समेत बोलाइएको छ । स्थायि समिति वैठकअघि नेताहरुबीच सहमतिका लागी छलफल गरिने नेता जनार्दन शर्माले जानकारी दिए ।