ओली र प्रचण्डलाई एक वर्ष जेल हाल्न माग गर्दै फेरी पर्यो सर्वोच्चमा मुद्दा

ओली र प्रचण्डलाई एक वर्ष जेल हाल्न माग गर्दै फेरी पर्यो सर्वोच्चमा मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतमा मुद्दा परेको छ । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबार अवहेलना मुद्दा दर्ता गरेका हुन ।

 

 

 

 

 

 

राजपा नेता शुक्लले नेताद्धयलाई एक बर्ष र १० हजार जरिवानाको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।

 

 

 

 

 

पुर्वप्रधानमन्त्रीद्धय दाहाल र ओलीले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको शुक्लको दाबी छ । दुवै नेतालाई सर्वोच्चमा बोलाएर बयान लिन निवेदक शुक्लले माग समेत गरेका छन् ।

 

 

 

उनीहरूले ‘आयोगले पूर्व निर्णयअनुरूप मतपत्र छपाइ प्रक्रिया अघि बढाउने,’ ‘कुनै हालतमा मतपत्र छपाइको अर्को निर्णय हुन नदिने,’ ‘विभिन्न निहुँमा अलगअलग मतपत्र छाप्ने प्रक्रिया अघि बढ्न नदिने’ जस्ता अभिव्यक्तिका कारण अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको दाबी शुक्लको छ । .