एमाले अध्यक्ष ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय गर्न आग्रह

एमाले अध्यक्ष ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ । एमसीसी पारित गर्न अमेरिकाले चौतर्फि दबाव बढाएपछी दाहालले बिहिवार राति ओलीलाई टेलिफोन गरेका हुन ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई एमसीसीमा तपाईले निर्णय नगरी भएन भन्दै टेलिफोन गरेको जानकारी दिएका छन् ।

जवाफमा ओलीले एमसीसीका सम्बन्धमा विदेशीले सोधून वा स्वदेशीले एमालेको धारणा स्पष्ठ रहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीकाे भनाई उदृत गर्दै रिजालले टिवटरमा लेखेका छन् ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’