प्रचण्ड–ओलीबीच मानभवनमा ‘वान टु वान’ बैठक जारी


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच वान टु वान गोप्य बैठक सुरु भएको छ । ललितपुरको मानभवनमा माओवादी निकट व्यवसायी शारदा अधिकारीको घरमा सुरु भएको बैठकमा पार्टी एकताको बारेमा छलफल भइरहेको बुझिएको छ । माओवादी र एमालेबीचको पार्टी एकताबारे अनेक टिप्पणी भइरहेको बेला दुई नेताबीच गोप्य बैठक सुरु भएको हो ।

उच्च स्रोतकाअनुसार माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष ओली एकिकृत पार्टीको नेतृत्व दिन तयार भएपछि एकता प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउन दुई नेताबीच छलफल भइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीसंगको बैठकअघि आफ्नै निवास खुमलटारमा आफ्ना विश्वासपात्र मानिने नेताहरु शक्ति वस्नेत,जनार्दन शर्मा र मातृका यादवलगातसंग छलफल गरेका थिए ।

यो पनि पढनुहोस्-

ओली सर्वोच्च कमाण्डर, प्रचण्ड केन्द्रीय कमाण्डर: प्रधानमन्त्री अालाेपालाे !

प्रतिक्रिया दिनुहोस
Advertisement