सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलवार अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

सिंहदरबारमा उनीहरुबीच संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको जनाइएको छ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीतिक दलहरु निरन्तर छलफलमा जुटेका छन् । पछिल्लो समय राजावादीहरु सक्रिय भइरहेका बेला गणतन्त्रवादी प्रमुख दलहरु एकजुट भएका छन् ।