काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान लिएका छन्। प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितको बैठकमा ओलीले राजीनामा नदिने स्पष्ट पारेका हुन्।
प्रधानसेनापति सिग्देलले सिंहदरबारमा ओलीलाई भेटी परिस्थिती बिग्रँदै गएकोबारे जानकारी दिएका थिए। तर ओलीले यस्तो गर्न नमिल्ने भन्दै राजीनामा दिन अस्वीकार गरेका हुन्।
सेनाले ओली नेतृत्वको सरकारका मन्त्रीहरूलाई भैंसेपाटीस्थित मन्त्री क्वार्टरबाट सेनाको ब्यारेकमा लगेर सुरक्षा दिइरहेको छ।




प्रतिक्रिया