काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा संघीय संसद्को अधिवेशन लगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभा बैठक चल्न नसकेको बताए ।




प्रतिक्रिया