स्वदेश फर्किए लगत्तै सक्रिय बने प्रधानमन्त्री ओली, प्रचण्डसँग छलफल

स्वदेश फर्किए लगत्तै सक्रिय बने प्रधानमन्त्री ओली, प्रचण्डसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—सिंगापुरबाट उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय बनेका छन् । उनी शुक्रबार मात्र स्वदेश फर्किएका थिए।

नेकपा अध्यक्ष समेत रहेका प्रम ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएकाे हाे। महासचिव विष्णु पाैडल समेत सहभागी छलफलमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीका कामकारबाहीबारे छलफल भयाे।

प्रम सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएका थिए, भने हालै मात्र  अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।