सभामुखको टुंगो लगाउन ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

सभामुखको टुंगो लगाउन ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनस्टि पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्र्रतिनिधिसभाको सभामुख चयनबारे अहिले (मंगलबार बिहान) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवटारमा छलफल जारी छ ।

दुई अध्यक्षबीच केही बेरअघि भेटवार्ता सुरु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । दुई अध्यक्षबीच सभामुख चयनलगायत समसामयिक विषयमा कुरा हुने बताइएको छ । संसद सचिवालयकै एक कर्मचारीलई बलात्कार गरेको आरोप लागेपछि कुष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।