ओली–प्रचण्डबीच वार्ता : सभामुखको टुंगो शुक्रबार लगाईने

ओली–प्रचण्डबीच वार्ता : सभामुखको टुंगो शुक्रबार लगाईने


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय सभामुख चयनमा कुरा नमिलेपछि ओली प्रचण्डबीच ५ दिनदेखि संवाद भएको थिएन । पाँच दिनदेखिको संवादहिनतालाई तोड्दै सभामुख चयनबारे दुई अध्यक्षबीच बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच भएको भेट ‘सकारात्मक’ भएको बालुवाटार श्रोतले जानकारी दियो । सभामुख चयन प्रक्रियालाई लम्ब्याउन नहुने भन्दै दुई अध्यक्षबीच अब लगातार छलफल गर्ने सहमति भएको छ । श्रोतले भन्यो, ‘शुक्रबार पुनः छलफल गरेर निश्कर्षमा पुग्न दुवै नेता सहमत भएका छन् ।’

आइतबार दुई अध्यक्षले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न भने पनि उपसभामुखले राजीनामा नदिने अडान दोर्होयाएकी थिइन् । सभामुखको उमेदवार तय नभएसम्म आफूले राजिनामा नदिने उनको भनाइ छ ।