काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलएका छन् ।
ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएको स्रोतले जानकारी दियो ।
बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । बाँस्कोटाले राजीनामा दिएपछि रिक्त रहेका दुई मन्त्रालयबारे विशेष छलफल हुने स्रोतले बतायो ।
दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।




प्रतिक्रिया