काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्ने विषयमा कुराकानी भएको थियो ।
भारतले कारोनाको संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गरेसँगै नेपाल फर्किएका नेपाली भारतमा नै अलपत्र परेको र उद्धार र व्यवस्थापनका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले बताइन् ।
प्रचण्डले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने क्रममा भएको अनियमितताबारे मिडियामा आएका समाचाहरुको बारेमा समेत चासो देखाएका थिए ।
‘चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीमा अनियमितताबारे सरकारको आलोचना भइरहेको छ । प्रचण्डज्यूले वास्तविकता के हो भनेर सोध्नु भयो’, स्रोतले भन्यो ।
सरकारले चीनबाट सामान ल्याउने क्रममा अनियमितता गरेको भन्दै ओम्नी समूहसँगको सम्झौता रद्ध गरिसकेको छ ।




प्रतिक्रिया