काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाने भएका छन् ।
श्रोतका अनुसार प्रधानमन्त्री ओली आज बिहान प्रचण्ड निवास खुमलटार जाने भएका हुन् । पार्टीमा जारी विवादकाबिच ओली प्रचण्ड निवास जान लागेका हुन् ।
यसअघि शुक्रबर हिजो प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ ।




प्रतिक्रिया