स्थायी समिति बैठकअघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

स्थायी समिति बैठकअघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पाटीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज बस्न लागेको स्थायी समिति बैठकअघि प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् ।

अहिले ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ । यसअघि शनिबार प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनीहरुबीच भएको भेटवार्तामा ओलीले अध्यादेश फिर्ता लिनुपरे आफुमाथि आरोप लगाउँदै ल्याएको प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राखेका थिए ।

जवाफमा प्रचण्डले स्थायी कमिटी बैठकमा पुगेको प्रस्ताव फिर्ता नहुने बताएपछि ओली खुमलटारबाट बाहिरिएका थिए ।
त्यस्तै ओलीले दुवै पद सुरक्षित नरहने अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।