गठबन्धन धरापमा: प्रचण्ड र ओलीबीच शुक्रबार ‘फाइनल’ वार्ता हुने

गठबन्धन धरापमा: प्रचण्ड र ओलीबीच शुक्रबार ‘फाइनल’ वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको विषयमा शुक्रबार फाइन वार्ता गर्ने भएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली निरन्तर छलफलमा जुटेका छन् ।

निरन्तर छलफलमा जुटेपनि यी दुई नेताबीच सहमति भने जुट्न सकेको छैन । अध्यक्ष ओलीले पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने माग राखेका छन् ।

यता प्रचण्ड भने पुस १० को सहमतिबाट पछि हटिसकेका छन् । उनले नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा समर्थन नगर्न राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् ।

ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन फुट्ने संकेत देखिएको छ ।