बजेटमा एमालेले असन्तुष्टि जनाएपछि प्रचण्ड र ओलीबीच भेटवार्ता

बजेटमा एमालेले असन्तुष्टि जनाएपछि प्रचण्ड र ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरुबीच आर्थिक वर्ष २०८१\८२ को बजेटबारे छलफल भएको छ । अध्यक्ष ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल नगरेको भन्दै गुनासो गरेका छन् । उनले ‘जनयुद्धकालीन बजेट’ भनेरसमेत आलोचना गरेका थिए ।

त्यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताउदैँ सांकेतिक रूपमा असन्तुष्टि जनाए ।

अध्यक्ष ओलीसहित एमालेका नेताहरुले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् ।