बालुवाटारमा ओलीले प्रचण्डलाई भने – मेरो नेतृत्वमा बन्‍ने दुई तिहाइको सरकारमा सहभागी हुनुस्

बालुवाटारमा ओलीले प्रचण्डलाई भने – मेरो नेतृत्वमा बन्‍ने दुई तिहाइको सरकारमा सहभागी हुनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वमा बन्न लागेको दुई तिहाइको सरकारमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ओलीले प्रचण्डलाई अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने भएकाले त्यसमा सहभागी हु्न माओवादी केन्द्रलाई आग्रह गरेका हुन् ।

‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु । अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुनेछ। त्यो सरकारमा सहभागी हुन माओवादीलाई पनि आग्रह गर्छु,’ ओलीको भनाइ उध्रित गर्दै स्रोतले भन्यो ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट मार्गप्रशस्त गर्न पनि आग्रह गरेको स्रोतले बतायो । उनले भेटमा सोमबार मध्यराति नेपाली कांग्रेससँग भएको समझदारीबारे पनि प्रचण्डलाई जानकारी गराएका छन् ।

कांग्रेस र एमालेबीच आलोपालो नेतृत्व गर्नेगरी सत्ता सहकार्यको सहमति भएको छ । पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवा प्रधानमन्त्री हुने सहमति दुई दलबीच छ ।