काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवेश गर्न गरेको प्रस्तावको समाजवादी पार्टी नेपालका अयष बाबुराम भट्टराईले ठाडै अस्वीकार गरेका छन् । भट्टराईले व्यंग्यात्मक सैलिमा नेकपा अध्यक्षद्वयलाई जबाफ फर्काएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपामा दीपक मनाङेजस्ता बौद्धिक व्यक्ति भएको भन्दै उक्त पार्टीमा आफ्नो जरुरत नभएको बताएका छन् ।
भट्टराईले नेकपाका दुवै अध्यक्षले आफ्नो पार्टीमा आउन आह्वान गरेलगत्तै उनले ट्वीटरमा लेखेका छन्, ‘कमरेड दीपक मनाङेजस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’
ओली र प्रचण्डले आज पार्टी कार्यालय धुम्बाराहीमा भट्टराईलाई नेकपामा आउन आह्वान गरेका थिए । प्रचण्डले आह्वान गर्दै भनेका थिए, ‘बाबुरामजीको बौद्धिकताको खाँचो यो देशलाई र कम्युनिस्टलाई छ, यही आएर मात्र उहाँको बौद्धिकता पूरा हुन्छ ।’




प्रतिक्रिया