ओली–प्रचण्डको भेटमा बामदेवको इन्ट्री

ओली–प्रचण्डको भेटमा बामदेवको इन्ट्री


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भवतः पहिलो पटक प्रचण्डलाई भेट्‍न उनकै निवास पुगेका हुन् ।

त्यसैगरी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

अहिले तीन नेताबीच छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि आजै बिहान नेकपा महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।