काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा समयमै उपचार नपाएर मृत्यु भएका बालकको कोरोना रिपोर्ट प्रेममा सजाएर राख्ने की भन्दै प्रश्न गरेका छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले नौ वर्षका बालकको मृत्युपछि नेगेटिभ आएको कोरोना रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुमबाराही ? भन्दै प्रश्न गरेका हुन् ।
उनले सत्ताद्धन्द्धको क्रममा मान्छेको चित्कारले हामीलाई पोल्नु पर्ने समेत भनेका छन् । प्रवक्ता शर्माले लेखेका छन्, ‘सत्ता द्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन ?
बाराको बारागढीका बालक सुशील साहको मंगलबार झाडापखालाको कारण मृत्यु भएको थियो । शर्माले मृत्यु भएका बालकसँग माफी माग्दै भनेका छन्, ‘माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन हाम्रो अकर्मण्यताले भएको हो ।’




प्रतिक्रिया