बालुवाटार वार्ता : द्धन्द्वपीडितसँग भएको परामर्शबारे ओली, प्रचण्ड र देउवालाई ‘ब्रिफिङ’

बालुवाटार वार्ता : द्धन्द्वपीडितसँग भएको परामर्शबारे ओली, प्रचण्ड र देउवालाई ‘ब्रिफिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमा विषयमा छलफल भएको छ ।

२८ पुसमा सातवटै प्रदेशमा सरोकारवालासँग छलफल गरेर आएको प्रतिवेदन प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवालाई बुझाइएको बैठकमा सहभागी नेकपा नेता खिमलाल देवकोटाले जानकारी दिए ।

सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी कानुन कसरी बनाउने भन्ने विषयमा छलफल भएको र सो विषयमा सरसल्लाह गरेर नै अगाडि बढ्ने सहमति भएको नेता देवकोटाले जानकारी दिए ।

कानुन निर्माणका लागि सातवटै प्रदेशबाट सुझाव संकलन गरिएको थियो । के कस्ता सुझाव संकलन भए भन्ने विषयमा पनि बैठकमा ब्रिफिङ भएको थियो ।

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता रमेश लेखक, नेकपा नेता खिमलाल देवकोटालगायत सहभागी थिए । पटकपटक समय थप्दा समेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारीविहीन छन् ।

नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिले ६१ जनाको नाम सिफारिस गरेको छ ।