प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्ड र माधव नेपालको भेट

प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्ड र माधव नेपालको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल र ले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटमा दुवै नेताले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले भेटमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको जानकारी दिए ।

शुक्रबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली चिकित्सकको पूर्ण निगरानीमा सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका हुन् । यद्यपि, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण पनि भेटवार्तामा राजनीतिक विषयमा भने धेरै कुराकानी नभएको बताइएको छ ।