काठमाण्डु – नेकपाभित्रको विवाद समाधानका लागि स्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।
प्रचण्ड निकट श्रोतले दिएको जानकारी अनुसार आज दिउँसो ओली र प्रचण्डबीच छलफल हुनेछ । त्यस छलफलमा संवैधानिक पदहरुमा नियुक्तिका विषयमा छलफल हुने बुझिएको छ । साथै पार्टीको सचिवालय बैठक हुँदै स्थायी समितिमा पुगेका अध्यक्षद्वयका प्रस्तावका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएसँगै विभाजनतर्फ उन्मुख भएको नेकपाको विवाद तत्कालका लागि टरेको छ ।
अध्यादेश फिर्ता लिन ओली तयार भएसँगै संसदको विशेष अधिवेशन बोलाउनका लागि गरिएको प्रक्रिया पनि रोकिएको छ । एउटा खड्गो टरेपनि नेकपा भित्रको पुरानो विवाद भने यथावत नै छ ।




प्रतिक्रिया