बालुवाटारमा ओली–प्रचण्डसहित ४ नेताको छलफल सुरु

बालुवाटारमा ओली–प्रचण्डसहित ४ नेताको छलफल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको हो । आजको छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

साउन १३ गते बसेको स्थायी कमिटी बैठकपछि दुई नेताबीच तिक्तता बढेको छ ।