काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता सुरु भएको छ ।
पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थापन गर्न विगत तीन दिनदेखि प्रधानमन्त्री ओली र प्रचण्ड निरन्तर संवादमा जुटेका छन् ।
प्रचण्डसहितका शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् भने ओलीले राजीनामा नदिने अडान राख्दै आइरहेका छन् ।
आजको वार्तामा दुई शीर्ष नेताबीच सहमति जुट्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया