ओली प्रचण्डबीच छलफल, ‘जबज’को प्रस्तावबाट ओली ब्याक !


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षद्धयबीच बुधबार वान टू वान छलफल भएको छ ।

पार्टीभित्र जारी विवाद समाधानको प्रयासका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलबीच बुधबार बिहान बालुवाटारमा छलफल भएको हो ।

प्रधानमन्त्री निवासमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्य्विभाजन र मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा कुरा भएको स्रोतले जनाएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए ।

पूर्वएमालेभित्रको संस्थापन पक्ष जनताको बहुदलीय जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्ने पक्षमा छ भने पूर्वमाओवादीका नेताहरु एकताका बेला सहमति भएअनुसार जनताको जनवाद सहमति भएकाले महाधिवेशनसम्म त्यसैमा टेकेर अघि बढ्नुपर्ने अडान लिएपछि ओली समस्यामा परेका थिए ।

पूर्वमाओवादीका नेताहरुले सो अडान लिएपछि ओली समस्यामा परेका थिए । स्रोतका अनुसार प्रचण्डसँग ओलीले उक्त प्रस्ताव फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement