ओली-प्रचण्डलाई पाइलटको संज्ञा दिँदै बाबुरामले भने : नेपालमा सुविधासम्पन्न अस्पताल र रिसोर्ट बनाउँ

ओली-प्रचण्डलाई पाइलटको संज्ञा दिँदै बाबुरामले भने : नेपालमा सुविधासम्पन्न अस्पताल र रिसोर्ट बनाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कााठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाईलटको संज्ञा दिँदै नेपालमा सुविधा सम्पन्न अस्पताल र रिसोर्ट बनाउन सरकार समक्ष प्रस्ताव राखेका छन् ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षको विदेश भ्रमणलाई उद्धृत गर्दै उनले संसारकै प्राकृतिक रुपले सुन्दर नेपालमै अर्बौं रुपियाँको भ्यूटावर बनाउनुको सट्टा सुविद्या सम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन् भन्दै प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘देश हाँकिरहनु भएका दुवैजना पाइलटहरु स्वास्थ्योपचार र आरामका निम्ति सपरिवार विदेशको समुद्री टापु र मरुभूमिमा जान लाग्नु भएछ । उहाँहरुको स्वास्थ्य लाभ र शुभ आराम होस् । तर, संसारकै प्राकृतिक रुपले सुन्दर नेपालमै अर्बौं रुपियाँको भ्यूटावरको सट्टा सुविद्या सम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न ?’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार स–परिवारसहित यूएई उडेका छन् । भने अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली श्रावण १८ गते सिंगापुर जाँदैछन् । ओलीलाई डाक्टरले स्वास्थ्य परीक्षण र आराम गर्न भनेपछि उनी सिंगापुर जान लागेका हुन् ।