संकट समाधानको प्रयासमा प्रधानमन्त्री ओली, प्रचण्डलाई भेट्न पुगे खुमलटार

संकट समाधानको प्रयासमा प्रधानमन्त्री ओली, प्रचण्डलाई भेट्न पुगे खुमलटार


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । यसअघि शुक्रबर साँझ प्रचण्ड र ओलीबिच बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले खुमलटार धाउन नसक्ने बताएपछि ओली आफै प्रचण्डनिवास पुगेका हुन् ।

पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जानुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् ।