काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने बताएका छन् । युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमवार ब्रिटेनमा अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीले यसबारेमा निर्णय गर्ने प्रष्ट पारे ।
“के तपाई अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?“ भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए।
सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले आलोपालो नेतृत्वको मुद्दा अघि सारेका बेला प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।
एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन्। प्रचण्डले प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका वेला सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको खुलासा गरेका थिए । प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र तरंग पैदा गरेको छ ।




प्रतिक्रिया