ओली नेतृत्वको सरकार नालायक भयो : कांग्रेस सभापति देउवा

ओली नेतृत्वको सरकार नालायक भयो : कांग्रेस सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले ओली सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

उनले भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’ कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाले आरोप लगाए ।