सुकुम्वासीमाथि डोजर चलाइएकोप्रति ओलीको कटाक्ष :छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?

सुकुम्वासीमाथि डोजर चलाइएकोप्रति ओलीको कटाक्ष :छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाण्डु महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

उनले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो। सुकुम्बासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैरजिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।