नयाँ थपिएका केन्द्रिय सदस्यलाई आज प्रशिक्षण दिँदै ओली समूह, यी नेताले पाए जिम्मेवारी

नयाँ थपिएका केन्द्रिय सदस्यलाई आज प्रशिक्षण दिँदै ओली समूह, यी नेताले पाए जिम्मेवारी


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिँदैछ ।

आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशका नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिन लागेको हो ।

नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिनका लागि नेकपाका विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार निम्न प्रदेशमा निम्न नेताहरुलाई जिम्वारी दिएको छः

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।

४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।

५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।

६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।

७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे ।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ जना नयाँ केन्द्रिय सदस्य थपेका थिए ।