काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न थम्पसन बिहिवार सांझ बालकोट पुगेका थिए ।
उनीहरू बीच शिष्टाचार भेट भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अमेरिकी राजदूतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेका थिए ।
अमेरिकी राजदूतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे समेत भेटमा जिज्ञासा राखेको स्रोत बताउंछ ।




प्रतिक्रिया