काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले भने, ‘अहिले मसँग पार्टी छ । त्यसकारण अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला भन्ने प्रस्ताव अध्यक्ष ओलीसँग रोखेको छु । ’
त्यसैगरी नागरिकता विधेयक फिर्ता भएको विषयमा समेत ओलीसँग कुराकानी भएको उनले बताएका छन् ।




प्रतिक्रिया