प्रचण्डले प्रधानमन्त्री बनाउन सहयोग मागेपछि उपेन्द्र यादवले भेटे केपी ओलीलाई


काठमाण्डु- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए । उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement