ओलीलाई फकाउदै देउवा : सदनको अवरोध हटाउन आग्रह

ओलीलाई फकाउदै देउवा : सदनको अवरोध हटाउन आग्रह


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संवाद थालेका छन् । ओलीलाई भेट्न बालकोट पुगेका देउवाले संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा छलफल गरेका छन् ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । एमालेसंग वार्ता गर्न सत्ता गठबन्धनका नेताहरुले देउवालाई आग्रह गरेका थिए ।संसद अवरुद्ध हुदा जनताका बिषय उठाउन नपाएको भन्दै सत्ता गठबन्धनमा छलफल गरेका थिए ।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।