जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री अर्याल

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।

‘जेनजी विद्रोहले तत्कालिन शाषकहरुको सत्ता खोसेको थियो र विद्रोहबाट खोसिएको सत्ता आज वैधानिकरूपमा पनि खोसिन गइरहेको छ । मत परिमाणले देखाएको छ । यसको जग जेनजी जनआन्दोलन हो,’ उनले भने ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे । ती माग पूरा गराउन आफूहरू निरन्तर खबरदारी गर्ने उनको भनाइ थियो ।

‘जेनजीले उठाएका मागहरू आउने सरकारले पूरा गर्नेछ र त्यो पूरा गराउनको लागि हामी खबरदारी गर्नेछौँ । हामी हिजो पनि सडकमा थियौं । कोही साथी आफ्नो जिम्मेवारी पूरा गर्न सरकारमा गए पनि फर्किएर सडकमा नै आउने हो । सडकबाट फेरी पनि सरकारलाई सहयोग पनि गर्छौँ र खवरदारी पनि गर्छाँै,’ उनले भने ।