कञ्चनपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्र्म भाट(सरल)ले कञ्चनपुरका तीन स्थानीय तहमा खाद्यान्न सहयोग गरेका छन् ।
नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्यालागरि गुजारा चलाउने मजदुरका लागि भन्दै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका हुन् ।
सरलले कृष्णपुरका मेयर कर्ण हमाललाई पत्र पठाउदै उक्त राहत कोरना भाईरसको संक्रमणणबाट प्रभावित समुदायलाई राहत दिलाउनका लागि स्थानीय तह अनुरुप २० क्विन्टलका दरले चामल सहयोग गरेको जनाएका छन् ।
कोरनाबिरुद्ध एकजुट हुन समेत नेता सरलले आब्हान गरेका छन् । कृष्णपुर नगरपालिका, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा समेत २०क्विन्टलका दरले चामल हस्तान्तरण गरिने छ ।
नेकपा क्षेत्र नम्बरका संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट(सिके) सहितका नेकपा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले उक्त राहत रकम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए ।
नेकपा सुप प्रदेशका सदस्य ओम बिक्रम भाट (सरल)ले हस्ताक्षर गरेको पत्रमा कोरना भाईरस बिरुद्ध नगरपालिकाले चाल्ने हरेक अभियानमा सकृय साथ र सहयोगको बचन सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया