चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटियो, बिरामीको मृत्यु


काठमाडौं – उपचारको क्रममा चावहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पित्तथैलीमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अपरेशन गरेको ६ दिनपछि बिहीबार मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन् ।

थापाको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलीत भएका छन् । परिवार तथा आफन्तहरुले अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement