काठमाण्डु- गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् ।
बिहिबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको बताएका छन् ।
उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र निर्वाचन गराउने कुरा दाबी गरेका छन् । उनले यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै निर्वाचन समयमै गरिएन भने असफल हुने समेत बताएका छन् ।
उनले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको पनि बताए । त्यस्तै उनले निर्वाचनका लागी पूर्वाधारहरु तयार गर्न पर्ने भन्दै त्यस्को लागि सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।
उनले अहिलेको स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यस्को लागि जतिपनि संरचना आवश्यक पर्छ चाहे त्यस्को समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
‘यो सरकारको मुख्य काम नै फ्रि र फेयर इलेक्सनका गराउनु हो । त्यस्को लागि केहि पूर्वधारहरु तयार गर्न पर्ने हुन्छ । त्यसका लागि सामाजिक सुरक्षा पहिलो सर्त हो । स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसका लागि जतिपनि लजेस्टीकहरु आवश्यक पर्छ, संरचना आवश्यक पर्छ चाहे त्यो कानुनी होस्, चाहे भौतिक संरचना होस् समन्वयहरु आवश्यक पर्छ ।निर्वाचन आगोगलाई कुनै सरकारले निर्देशन दिन मिल्दैन । उनले भने ।
उनले थपे ‘सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नपर्ने देखिएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका कतैबाट भइरहेको भएपनि निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गरेनौँ भने असफल हुन्छाैँ । असफलताको दाग नलागोस् भनेर तयारीमा छाैँ’




प्रतिक्रिया