सरकारले तोकेभन्दा कम शुल्कमा ओमानबाट दूतावासले नेपालीलाई स्वदेश फर्काउने

सरकारले तोकेभन्दा कम शुल्कमा ओमानबाट दूतावासले नेपालीलाई स्वदेश फर्काउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ ।

दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो ।

सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा करिबत्र ६१ हजार नेपाली रुपैयाँ तोको छ। तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३४ हजार हुन्छ ।

दूतावासले यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको कोरोना नेगेटिभ रिर्पोट अनिवार्य रुपमा पेश गर्न भनेको छ । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।