ओमान – ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरण मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीसँग भेट गरेकी छन् । राजदूत पराजुलीले मन्त्री टोवीको कार्यकक्षमा आज भेट गरेकी हुन् ।
२०२० अप्रिल २ देखि ४ सम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन् । राजदुत ढकालले सगरमाथा सम्वादको उद्धेश्यको बारेमा प्रकाश पारेकी थिइन् ।
मन्त्री टोवीले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको ‘सगरमाथा सम्वाद’ को सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
मन्त्री टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।
राजदूत ढकाल र मन्त्री टोवीबीच वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया