ओमानमा कार्यरत नेपालीलाई खुसीको खबर : दूतावासको सक्रियतामा मोबाइल एप्स संचालन

ओमानमा कार्यरत नेपालीलाई खुसीको खबर : दूतावासको सक्रियतामा मोबाइल एप्स संचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाली दूतावास ओमनले मोबाइल एप्स संचालनमा ल्याएको छ । ओमानमा कार्यरत नेपालीलाई सहज रुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ । 

ओमानकी राजदूत शर्मिला पराजुलीकाअनुसार एप्सबाट नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्यका साथै त्यहाको सरकारी निकाय र श्रम कानूनलगायतका विषयमा जानकारी पाउन सकिनेछ ।

राजदूतावासले प्रदान गर्ने सेवालाई सरल एवं सहज बनाउन, कन्सुलर सेवालाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवा कागजविहीन बनाउने तथा नेपालका प्रमुख पर्यटकीय गन्तव्यसमेत सामेल गरी ओमानी नागरिकलाई नेपाल भ्रमणमा ल्याउने लक्ष्यका साथ मोबाइल एप्स सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ ।